• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

भावी मुख्यमन्त्री पाेखरेलको प्रस्तावः सानो मन्त्रीमण्डल बनाऊँ


माघ २०, दाङ ।

नेकपा एमाले प्रदेश ५ संसदीय दलका नेता एवं वाम गठबन्धनका मुख्यमन्त्रीका साझा उम्मेदवार शंकर पोखरेलले चुस्त र सानो मन्त्रीमण्डलको प्रस्ताव गरेका छन् ।

माघ २४ को राष्ट्रियसभा निर्वाचनपछि प्रदेश सरकार गठन प्रक्रिया सुरु गर्ने वाम गठबन्धनको तयारी छ । प्रदेशमा वाम गठबन्धनको स्पष्ट बहुमत छ र चुनाव अघि नै पोखरेलको नाममा सहमति जुटिसकेको छ ।

भावी मुख्यमन्त्री पोखरेलले अनलाइनखबरसँग कुरा गर्दै कामलाई प्रभावकारी बनाउनको लागि चुस्त र सानो मन्त्रीमण्डल आवश्यक भएको बताए ।

माओवादी केन्द्रसँग छलफल भइरहेको जानकारी दिँदै उनलेभने, ‘अब सरकार कति सदस्यीय बन्ने भनेर दुई दलबीच बैठक बसेर निर्णय गर्छौं तर, ठूलो मन्त्रीमन्डल बनाउँदा काम गर्न प्रभावकारी हुँदैन भन्ने मेरो भनाइ छ ।’

एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारमा ७०/३० को भागभण्डा गर्ने सहमति केन्द्रीय स्तरमा भइसकेको छ । पाण्डव शर्मा/अनलाइनखबर

प्रकाशित मिति : २०७४ माघ २० गते शनिवार