माघ २१ आइतबार
सल्यान/सल्यानी युवा संजालको आयोजना र वाघचौर नगरपालीकाको सहकार्यमा रोटयाक्ट क्लव अफ काठमाण्डौको सहयोगमाकाठमाण्डौ मेडिकल कलेजका विषेषज्ञ डाक्टर हरुको प्रत्यक्ष सहभागीतामा जनकल्यान नमुना माविको प्रांगनमा वृहत स्वास्थ्य शिवर तथा निशुल्क औषधि वितरण कार्यक्रम आज सम्पन्न भएकोछ ।
निशुल्क रुपमा आयोजना गरीएको स्वास्थ्य शिविरमा दिइएका सेवा हरुमा सामान्य स्वस्थ्य परीक्षण,सुगर परीक्षण,क्षयरोग परीक्षण,दन्त शिविर र आँखा उपाचारको सेवा प्रदान गरीएको थियो । विरामीको स्वास्थ परीक्षणका लागी शिक्षण अस्पतालका ईमरर्जेन्सि विभाग सम्हाली रहनु भएका डा.नितेन्द्र वज्राचार्य,डा.शशांक घिमिरे तथा मेडिकल अधिकृत डा.नितेश मिश्र गरी १७ जना डाक्टरको समुहले विरामीको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको थियो ।
वाघचौर नगरपालीका वडा नं २ अन्र्तगत जनकल्यान उच्च मावि परीशरमा आयोजना गरीएको उक्त स्वास्थ शिविर वाट २४३ पुरुष र ७२० जना महिला गरी जम्मा ९६३ जनाले सेवा प्राप्त गरेका छन । विरामीहरु लाई चेकजाँच सँगै औषधि पनी निशुल्क वितरण गरीएको छ ।
आयोजक सल्यानी युवा संजालका अध्यक्ष सुदर्शन वुढाथोकीका अनुसार आजै मात्र ५४ जना मोतिया विन्दुका विरामी तथा १२ जना टिविका संकास्पद विरामी हरु भेटीएको जानकारी दिएका छन । आज आँखाको परीक्षणका क्रममा भेटीएका मोति विन्दुका ५४ जना विरामीको आगामी एक महिना भित्रमा नै शिविर राखेर निशुल्क अप्रेशन गरीने अध्यक्ष वुढाथोकीले वताएका छन ।
निकै लामो प्रयास,छलफल र तयारी पछि आयोजना तथा सम्पन्न गरीएको स्वास्थ्य परीक्षण कार्यक्रममा वाघचौर नगरपालीका,शिद्ध कुमाख गाँउपालीका,कुमाख गाँउपालीका र केही मात्रामा रोल्पा जिल्लाका नागरीक हरुले शिविरमा आफनो स्वस्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षणकै लागी काठमाण्डौ वाट १७ जनाको डाक्टरको टोली थारमारे आएको थियो । news dainike