• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

रुकुममा भीरबाट लडेर एक जनाकाे ज्यान गयाे


माघ २१, रुकुम ।

रुकुम पश्चिममा भीरबाट लडेर मृत्यु एक जनाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे बाफीकोट गाउँपालिका–२ पीपलका ४५ वर्षीय कालीबहादुर खत्रीको गए राति भीरबाट लडेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

आफ्नो घरभन्दा माथि कालाखर्क भन्ने ठाउँमा दाउरा ल्याउन गएका खत्रीको भीरबाट लडेर मृत्यु भएको हो ।

बाटोभन्दा करिब सय मिटर तल खसेको र उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ ।

प्रकाशित मिति : २०७४ माघ २१ गते आइतवार