दुर्गा वि.सी.
माघ २१, सल्यान ।
बन्गाड कुपिण्डे नगरपालीका वडा ५ अन्र्तगतको श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शंखपिपल च्युरा सल्यानको शिक्षा शास्त्र संकायको कक्षा १२ का विद्यार्थीको लागि १ हप्ते सुक्ष्म अभ्यास शिक्षण तालीम कार्यक्रम आजबाट सञ्चालन भएको छ ।
अभ्यास शिक्षणको तालिमको सभा अध्यक्ष मित्र प्रसाद पौडेलका अनुसार सम्पुर्ण विद्यार्थीलाई सुक्ष्म अभ्यासबाट विद्यार्थीको प्रयोगात्मक र शैदान्तीक ज्ञान आर्जन हुने वताए । यस्ले विद्यार्थीको ज्ञान अभिवृद्धिमा सवल भुमिका आर्जन गर्ने जनाए ।
कार्यक्रमको प्रमुख अतिथी सहायक प्रअ गुमान सिं विष्ट र सञ्चालन विरेन्द्र शाहीले गर्नु भएको छ । आज विद्यार्थीहरुलाई सुक्ष्म अभ्यासका बारेमा प्रवोधिकरण गरिएको छ । साथै विद्यालयले सवै विद्यार्थीलाई सुक्ष्म अभ्यास शिक्षणमा अनिवार्य गरेको छ ।
अन्यथा विद्यार्थी उपस्थित नभए विद्यार्थी नै त्यसको जवाफ देहि हुने समेत वताएको छ ।