• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

एमाले-माअाेवादीकाे एकतापछि पार्टीको नाम ने.क.पा. राख्ने समझदारी भयाे


माघ २२, काठमाडाैं ।

राष्ट्रियसभा निर्वाचनलगत्तै पार्टी एकताका लागि कार्यदल बनाउने नेकपा एमाले–नेकपा माओवादी केन्द्रका नेताबीच सहमति भएको छ । र, एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने प्रारम्भिक समझदारी भएको छ ।

अाजको नयाँ पत्रिकामा खबर छ-एमाले सचिव प्रदीप ज्ञवालीले नयाँ पत्रिकासँग भनेका छन्, ‘एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्ने प्रारम्भिक समझदारी बनिसकेको छ ।’

एकता प्रक्रिया टुंगो लगाउन पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष निरन्तर छलफलमा छन् ।

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार