लेकाली अनलाइन
माघ २२, सल्यान ।
नेकपा माअाेवादी केन्द्र निकटकाे अखिल क्रान्तिकारी सल्यानले अाफ्नो संगठन बिस्तारलार्इ तिव्र बनाएकाे छ ।
गएकाे माघ १७ गते छत्रेस्वरी गाउपालीकाले अाफ्नाे गाउँपालीका भित्र कुनैपनि विद्यार्थी संघ तथा संगठनहरुलाई विद्यालयमा संगठन बनाउन प्रतिबन्ध लगाउने निर्णय गरेपछि केहिदिन यता त्यसकाे विराेध गर्दै क्रान्तिकारीले उक्त गाउँपालीका भित्र धमाधम संगठन विस्तार गरेकाे छ । साे गाउँपालीकाकाे विभिन्न विद्यालयमा संगठन विस्तार गरेपछि अखिल क्रान्तिकारी सल्यानले अाज शारदा नगरपालीकाकाे सिवजन मा.वि.मा कृषि जे.टिए. मा ईकाई समिती पुनर्गठन गरेकाे छ।
समाजबादको आधार तयार गर्न शसत्त संगठन भन्ने मुल नाराका साथ भुपेन्द्र प्रकाश खड्काकाे अध्यक्षतामा ३१ सदस्यीय कार्य समिती चयन गरेकाे छ । जसकाे उपाध्यक्ष भक्तराज उपाध्याय, सचिव सौरभ सोनि, सह सचिव खिमराज बुढाथोकी र कोषाध्यक्ष प्रतिका के.सी. रहेका छन् भने अन्य सबै सदस्य रहेका छन् ।
संगठनका जिल्ला समिती काेषाध्यक्ष रमेश विसीकाे नेतृत्वमा रहेकाे अखिल( क्रान्तिकारी) ले फाल्गुण १ गते प्रथम नगर सम्मेलन गर्ने जनाएकाे छ।