माघ २२
इटहरी । माघ महिनाकाे चिसाे माैसम त्यसमा पनि रातकाे नाै बजीसकेकाे थियाे । काेही मानिसहरू जाेडजाेडले सिठि मार्दैथिए त काेही अाछुछु भन्दै न्यानाे स्थानकाे खाेजीमा लागेका थिए । रातकाे साडे नाै बजिसक्दा इटहरीकाे जनता निम्न मावीकाे खेल मैदान शयाै स्थानीय युवायुवति तथा अागन्तुक पाहुनाहरूले खचाखच भरीएका थिए । सबैकाे ध्यान चाैरीबाट केही मिटरकाे दुरीमा बनाइएकाे र बेहुली झै चिटिक्क पारीएकाे स्टेज तर्फै थियाे । केहीले अायाेजक तर्फका चिनेका ब्याक्तीलार्इ फाेन गर्दै साेधिरहेका थिए कलाकार अझै अाएनन ? त्यतिकै स्टेजबाट उदघाेषकले सबैकाे ध्यानाकर्षण गराउदै कलाकार ज्याेती मगरलार्इ बाेलाए त्यस्पछि एकाएक माहाेल नै अर्काे बनीयाे ।
सन्दर्भ थियाे इटहरीमा गत १८ गते देखि सञ्चालन भएकाे फुड फेस्टिबल मेलाकाे । दैनिक राष्ट्रिय कलाकारहरूकाे जमघट हुने उक्त मेलामा अाइतबार राष्ट्रिय कलाकार ज्याेति मगरकाे उपस्थिती रहेकाे थियाे । यस अघि अल्माेडा , प्रश्ना शाक्य , लगायतका कलाकारहरूले प्रस्तुति दिएर बिदा भइसकेका छन । अाइतबार ज्याेती मगरकाे प्रस्तुती रहने जानकारी पाएका इटहरीका स्थानीयहरूले उनकाे प्रस्तुति हेर्नकै रूङेर बसेका थिए ।
देश तथा बिदेशमा आयोजना हुने स्टेज कार्यक्रमहरूमा अंगप्रदर्शन गरेर चर्चामा आएकी लोकगायिका ज्योति मगरले अाइतबार इटहरीकाे फुड फेस्टिबलमा पनि अाफ्नाे बेजाेड प्रस्तुति देखाइन । उनले चर्चित लाेकगित ढाडे बिरालाे , जिम्मल बाउकी छाेरी , उहि मुलाकाे सिन्की जस्ता चर्चित गितहरू प्रस्तुत गरेकि थिइन ।
प्रस्तुतीकै क्रममा उनले स्टेजमा अाफुले लगाएकाे पहिरन उतारेर गित गाउन थालेपछि उपस्थित दर्शकहरूकाे भिड सम्हाल्न प्रहरी परिचालन गर्नुपरेकाे थियाे । सुरूवाती क्षणमै स्टेज उफार्दै प्रस्तुतिमा हाेमिएकी उनले बिचमा पुगेर अाफ्नाे कपडा उतार्न थालेपछि दर्शकहरूले सिठि र हुटिङकाे बर्सात दिएका थिए । भिड बढदै गएर स्टेज छेउनै पुग्न थालेपछि प्रहरीलाृइ समेत नियण्त्रण गर्न हम्मे हम्मे परेकाे थियाे । मेलामा साेमबारकाे प्रस्तुती राष्ट्रिय कलाकार प्रमाेद खरेल लगायत स्थानीय ब्याण्ड र डान्स सेन्टरहरूकाे प्रस्तुती रहने अायाेजकले बताएकाे छ ।
यता १८ गते देि सञ्चालन भइरहेकाे इटहरी फुड फेस्टिबल पाचाैँ दिन सम्म अाइपुग्दा साेचे भन्दा उत्कृस्ट काराेबार भइरहेकाे मेला संयाेजक दिपक पाेख्रेलले बताए । नाै दिन सम्म रहने उक्त मेलामा दैनिक ३५ सय देखि ४ हजार सम्म अान्तरीक पर्यटनहरूले अवलाेकन गर्नेगरेकाे उनले बताए । अहिले दैनिक ४ देखि ५ लाख सम्मकाे काराेबार भइरहेकाे पनि मेला संयाेजक पाेख्रेलले बताए । उक्त मेलामा बिभिन्न हाेटल ब्यवसायीहरू , खाद्यन्न लगायत मनाेरञ्जन गरी ३५ वटा स्टलहरू रहेका छन।