• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानी युवा संजाल दाङ सम्पर्क समितिले तुलसीपुरमा चलायाे डिजिटल “साक्षरता अभियान”


लेकाली अनलाइन
माघ २२, दाङ ।

पछिल्नो चरणमा समग्र बिश्वभरि नै साईबर अपराध एक जटिल समस्याको रुपमा बिकसित भैरहेको छ । नेपालमा पनि यस्ताे खालकाे  घटनाक्रम वृद्वि भइरहेकाे छ ।

यहि घटनालार्इ न्युन गर्न सल्यानी युवा संजाल दाङ सम्पर्क समितिले अाज तुलसीपुरमा रहेकाे राप्ती बबर्इ क्याम्पसमा ” डिजिटल साक्षरता अभियान ” सम्पन्न गरेकाे छ । आई .टी. एशोसियसन नेपालको सहकार्यमा भएकाे  साईवर अपराध न्यूनीकरणका लागि ” डिजिटल साक्षरता अभियान” कार्यक्रममा  आई .टी. एशोसियसन नेपालका अध्यक्ष दिपक भण्डारी, सचिव राजन डाँगी, प्रहरी नायव निरीक्षक प्रमोद भण्डारीले प्रशिक्षन दिएका थिए । प्रक्षिक्षणका क्रममा पछिल्लो चरणमा बढ्दै गैरहेको साईवर अपराध, यसबाट बच्नका लागि अपनाउनु पर्ने साईवर सेक्युरिटी तथा साईवर कानुनका वारेमा चर्चा गरियको थियो |

 

सल्यानी युवा संजाल दाङ सम्पर्क समितिका अध्यक्ष राजन डांगीको अध्यक्षता भएकाे कार्यक्रममा प्रमुख अतिथि राप्ति बबई क्याम्पसका साहायक क्याम्पस प्रमुख गणेश पार्धे र विशिष्ट अतिथि तुलसीपुर इ.प्र.का मा कार्यरत प्रहरी नायव निरीक्षक प्रमोद भण्डारीको रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पार्धेले पछिल्लो समयमा प्राविधिको प्रयोग बढे संगै बढिरहेको साईवर अपराधको न्यूनीकरणका लागी यस किसिमको अभियान अपरिहार्य रहेको बताए । उनले  यस किसिमको आभियान प्रत्यक विद्यालय तथा क्याम्पसमा गर्नुपर्ने बताएका छन् ।

कार्यक्रमको सहजीकरण सल्यानी युवा संजाल दाङ सम्पर्क समितिका महासचिव रविन ओलीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार