• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सदरमुकाम खलंगामा सरसफार्इ भयाे, यसरी उठाइयाे फाेहाेर (फाेटाेफिचर सहित)


लेकाली अनलाइन
माघ २२, सल्यान ।

सल्यानकाे सदरमुकाम रहकाे खलंगा बजारलार्इ सरसफार्इ गरिएकाे छ ।

सफा, स्वच्छ र सुन्दर शारदा नगरपालिका बनाउने सुइरो अभियानका साथ अाज  खलंगा बजारलार्इ सरसफार्इ गरिएकाे हाे । बजारकाे बिभिन्न चाेक तथा सडकहरुमा रहेकाे फाेरहरुलार्इ व्यबस्थापन गरिएकाे छ । बिषेशगरी पुरानो बसपार्कमा रहेकाे नालामा भरिएकाे लेदोलार्इ ब्यबस्थापन गरिएकाे छ । अन्य ठाउँहरुमा पुरानो थुप्रिएकाे फोहरलार्इ उठाएर नयाँ इट्टा पनि थपिएकाे छ ।

सरसफार्इ अभियानकाे अायाेजना परिवर्तन युवा क्लब ,गोलो युवा क्लब सल्यान गरेकाे थियाे । जसकाे लागी प्राबिधिक सहयोग फोहर मलाई केन्द्र , मिसन टु डेभ्लप कम्युनिटीले गरेका थिए भने आर्थिक सहयोग  शारदा नगरपालिका, सुआहरा सल्यान र पास नेपालले गरेका थिए ।

सुइरो अभियानमा  नेपाली अार्मी, नेपाल प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरु, स्थानीय कलवहरु( परिवर्तन युवा क्लब  र गोलो युवा क्लब), बजारबासी गरी करिव २०० जनाकाे सहभागीता रहेकाे थियाे । उनिहरुले  शारदा नगरपालीकाकाे गाडी प्रयाेग गरेर फाेहाेर उठाएर सहि ठाउँमा ब्यबस्थापन गरेका हुन् । अभियानमा जिल्ला संमाेनय समिती सल्यानका उपसभापती हरि बहादुर बुढाथोकी ( मिलन ) ,  शारदा नगरपालीका वडा नम्बर २ का वडा अध्यक्ष केसब श्रेष्ठ, जिल्ला प्रहरीका कार्यालय सल्यानका प्रहरी नायब उपरिक्षक भरत विक लगाएतकाे उपस्थिती रहेकाे थियाे ।

 

सफा, स्वच्छ र सुन्दर शारदा नगरपालिका बनाउने उद्धेश्यले संचालन गरिएकाे सुइरो अभियान निरन्तर चलिरहेकाे छ । गत हप्ता सुइराे अभियान श्रीनगरमा लागु गरिएकाे थियाे ।

याे पनि पढ्नुहाेस् 

श्रीनगर बजारमा सरसफार्इ गरियाे, यसरी उठाइयाे फाेहाेर (फाेटाेफिचर सहित)

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार