• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

सुरु गर्यो नेपाल टेलिकमले सापटी दिने सेवा


काठमाडौं:नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिने सेवा सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो ।

प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने भएका छन। यसअघि नेपालमा सञ्चालीत अर्को कम्पनी एनसेलले मात्रै सापटी दिने सेवा दिएको भएपनि आज देखि त्यो सेवा नेपाल टेलिकमले पनि लागू गरेको छ । एनसेलको सापटीलाई अहिलेका युवा पुस्ताले खुबै रुचाएका छन् । टेलिकमको प्रतिस्पर्धि मानिने ऐनसेलले यो सेवा सुरु गरेको लामो समयसम्म टेलिकमले यसमा चासो देखाएको थिएन ।

तर युवा पुस्ताले यस्तो सेवा खुबै मनपराएको देखेपछि नेपाल टेलिकमले पनि त्यसैलाई पछ्याउँदै ‘पैँचो’ दिने सेवा सुरु गरेको हो।

सोमबार टेलिकमले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूआत गरे । यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ जनाएको छ। आज मात्र संस्थाले यसको सफ्ट लञ्ज गरेको थियो । तर योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी नै रहेको छ ।

ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनु अघि निर्धारण हुने भएको हो । ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने भएको छ। शारस

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार