• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

क्यान्सर पीडित राेल्पाली लाई सहयोगः अाज मात्रै २ लाख संकलन, वर्षमान पुनकाे आश्वासन


मनिषा राई
माघ २२, रोल्पा ।
रोल्पाको माडी गाउँपालिका–५, भाबाङ (उपल्लो सरुवा) का २९ वर्षिय ब्लड क्यान्सर पीडित सन्तोष बुढामगरको उपचारको लागि बिदेशमा रहेका प्रवासी नेपाली लगायतले सहयोग गरेका छन् ।

आज मात्रै नेपालमा रहेका र बिदेशमा भएका नेपालीहरुबाट करिव २ लाख रुपिया आर्थिक सहयोग संकलन भएको छ । थवाङ निवासी हाल रोल्पा काठमाडौँ सङ्घिय जनसम्पर्क मन्चका उपाध्यक्ष अमला रोकामगरले रु ५० हजार, उपराष्ट्रपति पुत्र दीपेश पुनले रु २० हजार, उपराष्ट्रपति कार्यालयका प्रेस संयोजक मनोज घर्तीमगरले रु १० हजार, माडी गाउपालिका सदस्य तथा महिला अधिकारकर्मी आइतमाली वलीले रु २० हजार, तेजप्रसाद रेग्मीले रु ३० हजार, शुस्मा राईले रु १० हजार सहयोग गरेका छन् ।

यस्तै रोल्पा–काठमाडौं संघीय जनसम्पर्क मञ्च काठमाडौंले पनि बैठक बसी आर्थिक संकलनको पहल गरिरहेको जानकारी दिएको छ । मञ्चले दिएको जानकारी अनुसार प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले समेत सहयोगको आश्वासन दिएका छन् ।

यसैगरी, पिडित सन्तोषको सहयोगको लागि नेपाल तथा नेपाल बाहिरका युवाहरुले सन्तोष बचाउ अभियान नेपाल, भावाङगी प्रबासी समुह साउदी अरेयिबा, सन्तोष बचाउ अभियान दोहा कतार, मनकारी कोष माडी गाउपालिका भावाङ रोल्पा मलेसिया लगायत अभियानबाट सहयोग संकलन गरीरहेका छन् ।
स्वदेश तथा बिदेशमा रहेका रोल्पाली लगायत सम्पुर्ण नेपालीहरु यतिवेला सन्तोषको लागि सहयोगमा जुर्मुराइरहेको माडी गाउँपालिका ५ भाबाङका वडाअध्यक्ष भरत बुढामगरले बताए । उहाका अनुसार सन्तोषको उपचारमा आर्थिक संकलन गर्नको लागि मोवाइल, फेसवुक ग्रुप च्यात आदि बाट पहल भइरहेको छ ।

भाबाङ रोल्पाका वडाअध्यक्ष बुढामगरले वडा कार्यालयकै पहलमा ग्लोबल बैंकमा खाता खोलिएको जानकारी दिदै पीडितका जेठान अमृत बहादुर घर्तीको नाममा खाता खोलिदिएको समेत बताए ।
वडाअध्यक्ष बुढाले ब्लड क्यान्सर पीडित सन्तोष बुढामगरलाई आर्थिक सहयोग गर्न चाहने सहयोगीहरुको लागि ग्लोबल बैंकको खाता नं. ३३०९०१११५०२७२ मार्फत सहयोग गर्न सकिने समेत अनुरोध गरे ।

पिडित सन्तोष सहिद धनिराम बुढामगरको छोरा समेत हुन् ।

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार