• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

कालिमाटी गाउँपालिकाले चलाएकाे शिविरमा ३५ सय बढीले स्वास्थ्य परिक्षण गराए


माघ, सल्यान ।

कालिमाटी गाउँपालिका सल्यानले आफ्नो गाउँपालिकाको प्रत्येक वडामा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट तीन हजार पाँच सय ८७ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

गत माघ १२ गते देखि आज सोमबार सम्म चलेको निःशुल्क स्वास्थ्य शिविरमा दुइ हजार तीन सय ७९ महिला र एक हजार दुइ सय आठ पुरुष गरि तीन हजार पाँच सय ८७ जनाले शिविरमा पुगेर सेवा लिएको कालिमाटी गाउँ स्वास्थ्य कार्यालयका संयोजक गोरख बहादुर थापाले जानकारि दिएका छन् ।

शिविरमा सबैभन्दा बढि पाठेघरका समस्या भएका महिलाहरु आएको उनले बताए । चेतनाको अभाव र लाज मान्ने प्रवृत्तिले अझै पनि गाउँमा महिलाहरुले खुलेर आफ्नो समस्या राख्न नसक्ने अवस्था कायमै रहेकोले उनीहरुलाइ नै लक्षीत गरि गाउँगाउँमा शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले जानकारि दिए ।

यद्यपि पछिल्लो समय आफ्नो समस्या देखाउने महिलाहरुको संख्या बढ्दै गएको उनले जनाए । हरेक व्यक्तिको स्वास्थ्य सबल भएमा मात्रै विकासको दिशातीर अघि बढ्न सकिने भएकाले समृद्ध कालिमाटी बनाउनका लागी आफुहरुले स्वास्थ्य क्षेत्रलाइ महत्व दिएको बताए ।

विशेषज्ञ डाक्टरहरु सहित संचालन गरिएको शिविरमा आखा सम्बन्धी समस्या भएका छ सय ६० र अन्य दुइ हजार दुइ सय २७ जनाले उपचार गराएका छन् । शिविरमा आएका धेरैजसो महिलाहरुमा आङ खस्ने समस्या देखिएको थियो ।

यस्तै शिविरमा छ सय २० जनाले भिडियो एक्सरे र छ सय ८ जनाले ल्याव सेवा पनि लिएको गाउँ स्वास्थ्य संयोजक थापाले बताएका छन् । शिविरको आज सोमबार एक कार्यक्रमका विच समापन गरिएको हो ।।

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार