• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

मृगौला पीडित दङ्गालीकाे लागी अाज ४४ हजार बढी संकलन, सहयोग गर्न सबैलार्इ आग्रह


नवीन अभिलाषी
माघ २२, दाङ ।
दाङ देउखुरी होटल व्यवसायी समितिका महासचिब घोराही उपमहानगरपालिका वडा नं. १७ निबासी मृगौला पीडित लुटुप्रसाद पौडेलको उपचारका लागि घोराहीका विभिन्न कलेज तथा विद्यालयहरुले सहयोग गरेका छन ।

सोमबार मात्रै घोराहीका कलेज तथा विद्यालयहरुबाट ४४ हजार ५ सय रुपैया आर्थिक सहयोग संकलन भएको छ । पौडेलको छोरी शारदा पौडेलले अध्ययन गर्ने घोराहीको दाङ भ्याली कलेजका विद्यार्थीहरुले २० हजार ६० रुपैया सहयोग गरेका छन । विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर पौडेलको उपचारका लागि सहयोग गरेका हुन् । कलेजमा अध्ययन गर्ने कक्षा ११ देखि स्नातक चौथो वर्ष सम्मका कक्षाहरुका विद्यार्थीले आफ्नो साथी शारदा पौडेलको बुवा मृगौला पीडित लुटुप्रसाद पौडेलको उपचारका लागि सहयोग गरेका हुन् ।

कलेजको बि.बि.एस प्रथम बर्ष अग्रेजीबाट ८ हजार ७ सय ८५, बि.बि.एस प्रथम बर्ष नेपालीबाट २ हजार १ सय ९०, एघार एजुकेशनबाट १ हजार ७०, बि.बि.एस दाश्रो बर्ष अग्रेजीवाट ७ सय १०, विज्ञान संकाय कक्षा १२ बाट १ हजार ७ सय ४५ ब्याबस्थापन संकाय कक्षा १२ विबाट १ हजार ९०, ए बाट १ हजार एक सय, बि.बि.एस तेश्रो बर्षवाट १ हजार ३ सय ५५, ब्यबस्थापन संकाय कक्षा ११ वि बाट ९ सय २० र ए बाट १ हजार ९५ सहयोग प्राप्त भएको छ । कलेजले सोमबार विहान विद्यालयमा एक अनौपचारिक कार्यक्रमको आयोजना गरेर रकम हस्तान्तरण गरेको हो । कलेजका प्रिन्सीपल दानबहादुर केसी सहित शिक्षक विद्यार्थीहरुले सो रकम सहयोग गरेका हुन् ।


यस्तै घोराहीको मार्क कलेज परिवारले १४ हजार रुपैया सहयोग गरेको छ । मार्क कलेजको तर्फबाट ५ हजार पाँच सय रुपैया, नौलाबहादुर खड्काले ५ हजार, शंकरप्रसाद डाँगी, संजय बगाले, धनिराम न्यौपानेले एक एक हजार र यज्ञ केसीले ५ सय रुपैया गरी १४ हजार रुपैया सहयोग गरेका थिए । कलेजले पनि एक अनौपचारिक कार्यक्रम गरेर पौडेलकी छोरी शारदा पौडेललाई क्याम्पस प्रमुख शंकरप्रसाद डाँगी लगाएतका शिक्षकहरुले हस्तान्तरण गरेका हुन् ।

यसैगरी घोराहीको शान्ति निकेतनले पनि १० हजार ५ सय रुपैया सहयोग गरेको छ । कलेजका विद्यार्थीहरुले संकलन गरेको रकम उनिहरुले मृगौला पीडित पौडेलको उपचारका लागि सहयोग गरेका हुन् । विद्यालय अभिभावक संघका पुर्व अध्यक्ष समेत रहनु भएका मृगौला पीडित पौडेलको उपचारका लागि शान्ति निकेतनका विद्यार्थीहरुले रकम सहयोग गरेका हुन् । पीडित पौडेलकी छोरी शारदा पौडेलले सो विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका थिए ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यालयका प्रिन्सीपल खगेश्वर पौडेल, भाईस प्रिन्सीपल टिका बस्नेत, प्रबन्ध निर्देशक सुनिल गौतम सहि विद्यार्थीहरुले शारदा पौडेललाई रकम हस्तान्तरण गरेका हुन् । साथै विद्यालयले दाङ देउखुरी होटल व्यवसायी समितिका महासचिब पौडेलको उपचारका लागि उद्योगी व्यवसायी संग सहयोगको लागि अनुरोध गरेको छ । होटल व्यवसायी तथा दाङ जिल्ला उद्योग बाणिज्य संघको पहलमा सहयोग भए महासचिब पौडेलको जीवन जोगिन सक्ने विद्यालयले बताएको छ ।

सहयोग गर्न चाहने इच्छुक व्यक्तिले पीडितको श्रीमती गायत्रा पौडेलको खाता नम्वर भएको कृषि विकास बैंकमा रहेको खाता नम्वर ०९१९४००४२३५११०१४ मा रकम जम्मा गरी सहयोग गर्न आग्रह गरिएकाे छ । त्यसैगरी मोवाइल नम्वर ९८४७८२५९५५ र ९८०६२८३००० मा पनि सम्र्पक गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार