• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सेनाको हवाई कारबाहीमा ३७ मारिए


माघ २२, काठमाण्डाैँ ।

अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको अफगान सेनाको हवाई कारबाहीमा परी ३७ जना तालिवान आतंककारी मारिएका छन् ।

तालिवान लक्षित यो कारबाही पूर्वी प्रान्त लाघमान र उत्तरी प्रान्तहरु बादख्सान र सारीपुलमा जारी रहेको सैनिक प्रवक्ताले जानकारी दिएको छ ।

केही समययता आतंककारीविरुद्ध गरिने हवाई आक्रमण बढाइएको अफगान रक्षा मन्त्रालयका प्रवक्ता जनरल दौउलत वाजिरीले बताए ।

यस कारबाहीको विषयमा तालिवान आतंककारीले केही टिप्पणी गरेका छैनन् ।

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार