• २०७८ साउन १६ गते शनिवार
  • Preeti To Unicode

दाङमा चिया बेचेर मासिक अाधा लाख आम्दानी


माघ २२, दाङ  । 

दाङमा एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।

तुलसीपुरमा चिया बेच्दै आएभएका कमल हलवाइले मासिक रु ५० हजार आम्दानी गर्दै आएका छन् । दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने गरेको उनले बताए ।

“दैनिक रु दुई हजारभन्दा बढी कमाइ हुन्छ,” हलवाइले भने । बजारको पसल पसलमा तथा सडकमा उहाँले कालो चिया बिक्री गर्दै आउएका छन् । उनले रु १० को दरले चिया बेच्दै आएका छन् ।

चिया पकाउन स्टोप, पकाउने भाँडा र गिलास साथैमा लिएर साँझ बिहान तुलसीपुर बजारका विभिन्न गल्लीमा हलवाइले ग्राहकलाई चिया बिक्री गर्छन् । बाटोमा चिया बेच्दै गरेका हलवाइले कागती, मरिच, चियापत्ति, चिनी र गिलासमा रकम खर्च हुने गरेको उनले बताए । रासस

संकेतिक तस्विर फाइल

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार