• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

शंकर पोखरेललार्इ मुख्यमन्त्री चयन गर्न माओवादीको ‘ब्रेक’


माघ २३, काठमाडाैं । 

प्रदेश ५ को मुख्यमन्त्री चयन गर्ने एमालेको रफ्तारमा माओवादी केन्द्रले ब्रेक लगाईदिएको छ ।

अाजकाे अन्नपुर्ण पोष्टमा यो खबर छ- पहिलो संसद् बैठककै दिन एमालेले संसदीय दलका नेता शंकर पोखरेलको पक्षमा बहुमत रहेको देखाउँदै प्रदेश प्रमुख उमाकान्त झालाई पत्र बुझाउने तयारी गरेको थियो ।

तर माओवादी केन्द्रले संसदीय दलको नेता छान्न ढिलाई गरेपछि मुख्यमन्त्री चयन पछि सरेको छ ।

प्रदेश ५ मा वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले पोखरेल मुख्यमन्त्री बन्ने करिव निश्चित छ ।

प्रकाशित मिति : २०७४ माघ २३ गते मङ्गलवार