• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा ‘सुनौलो हजार’ दिनका महिलालाई सित्तैमा १ हजार बढी कुखुरा वितरण


मिना बुढाथोकी
माघ २३, सल्यान । 
गर्भवती तथा सुत्केरी भएको अवस्थामा आमा र बच्चा लाई अन्य समयको तुलनामा पोषणको आवश्यकता हुन्छ । गर्भावस्था र सुत्केरी अवस्था एक विशेष अवस्था हो । यस बेला पोषण सुधारमा ध्यान दिएन भने कहिलेकाहीं यस अवस्थामा महिलालाई जटिल समस्याहरू पनि आउनसक्छ ।

हाम्रो गाँउघरमा अझैपनि गर्भवती तथा सुत्केरी महिलाले पोषणको महत्व बुझेर पनि व्यवहारमा लागु गर्न सकेका छैनन । केही दिन पहिले प्रदेश नम्बर ६ का मानिसमा कुपोषणको मात्रा सबै भन्दा धेरै रहेको तथ्यांक समेत सार्वजनिक भएको थियो ।

यसै कुरा लाई मध्य नजर गर्दैं पोषण मा सुधार ल्यायन का लागी सुआहारा सल्यानले जिल्लाका गर्भवती तथा सुत्केरी आमालाई १ हजार १ सय ३० वटा कुखुरा सितैमा वितरण गरेको छ ।  पोषणका क्षेत्रमा विगत लामो समय देखी काम गर्दै आएको यस सुआहाराले गर्भवती तथा सुत्केरी महिलाका पोषणमा सुधार तथा आय आर्जन का लागी कुखुरा वितरण गरेको जनाएको छ ।

सुआहारा का घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत मनोज चौधरीले पहिलो चरण अन्तरगत जिल्लाका साबिकका तिन वटा गाविसका गर्भवती तथा सुत्केरी महिलालाई कुखुरा वितरण गरिएको बताए । उनले भने –“जिल्लामा रहेका ‘सुनौला हजार’ दिन का आमाको पोषणमा सुधार ल्याउन हामीले कुखुरा वितरण गेरका हौं ।”

उनले साबिकका तीन वटा गाविस लेखपोखरामा १ सय ६५, सिनबांगमा ३५ र रिममा २६ गरि २ सय २६ महिलालाई कुखरा वितरण गरेको जनाए । एक घरपरिवार वा एक आमालाई पाँच वटाका दरले कुखुरा वितरण गरिएको संस्थाले जानकारी दिएको छ । उनीहरुलाई दुईवटा भाले र तीन वटा पोथी वितरण गरिएको हो । सुआहारा सल्याका कार्यक्रम संयोजक हरि घिमिरे ले बताए ।

उनका अनुसार सुनौलो हजार दिन भित्रका आमाहरुलाई न्यू हेम्पसायर र ब्ल्याक स्टरलक नामक कुखुरा वितरण गरिएको हो ।संयोजक घिमिरे भने “यो प्रजातीका कुखुराले १ वर्षमा २ सय ८० भन्दा बढी अण्डा उत्पादन गर्छ, अण्डा आमा र बच्चालाई पोषणयुक्त खानाको लागी राम्रो हुने भएकोले कुखुरा वितरण गरेका हौं ।”

सुआहाराले निशुल्क रुपमा प्रदान गरेको कुखुरा लिन पुगेकी लेखपोखरा ७ की गायत्री कवर र हिरा कवर निकै हर्षित बनेकी छन । उनि जस्तै सो क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुले पनि सित्तैमा कुखुरा पाएपछि खुशी भएका छन ।

उता रीमकी भुमा बुढाथोकीले पनि अबदेखी आप्mनो छोराले नियमित अण्डा खान पाउने भएकाले खुशी व्यक्त गरेकी छन । उनले भनिन –“गाँउ घरमा सधै अण्डा किनेर खान सक्ने अवस्था हुदैन अब सित्तैमा पाएको कुखुराले दिएको अण्डा दैनिक रुपमा छोरालाई खुवाउछु ”।

यस्तै ग्रामीण क्षेत्रमा रहेका विपन्न परिवारमा रहेका महिलाले कुखुरा बाटपनि आय आर्जन गर्न सकिने भएकाले कुखुरा पालन का साथै अर्ध बन्देज खोर बनाउने तरीका बारे समेत तालीम दिएको सुआहारका फिल्ड कोडिनेटर तोरण बुढाथोकीले बताए ।

पहिलो चरणमा कुखुरा वितरण संगै तालीम दिने काम पनि सम्पन्न भई सकेको छ बुढाथोकीले भने ।अब दोस्र्रो चरणमा कुपिण्डेका गर्भवति तथा सुत्केरी आमाहरुलाई १० हजार ६० कुखुरा बाँड्ने योजना रहेको उनले सुनाए । सुआहाराले जिल्लामा दलित विकास समाज मार्फत आप्mना विभिन्न कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ ।

प्रकाशित मिति : २०७४ माघ २३ गते मङ्गलवार