• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

पश्विम सल्यानमा इन्टरनेट अवरुद्ध, टेलिकमले चासाे दिएन्


दुर्गा वि.सी.
माघ २३, सल्यान ।
सल्यानकाे पश्विम क्षेत्रमा रहेकाे एक प्रमुख बजारमा इन्टरनेट अवरुद्ध भएकाे छ ।

जिल्लाकाे पश्विम क्षेत्रमा रहेकाे बनगाड कुपिण्डे नगरपालीकाको सदरमुकाम सल्लीवजारमा नेपाल टेलिकमको ए डि एस एल (वाईफाई) सेवा २ हप्ता देखि प्रभावित भएको छ ।

एडि एस एलको सेवामा समस्या उत्पन्न हुदाँ सरकारी तथा गैर सरकारी कार्यलयको कामकाजमा समस्या देखिएको छ । माघ १० गते राती देखि यस क्षेत्रको नमस्ते,स्काई तथा ल्याण्डलाईन सेवा अवरुद्ध भएसँगै उक्त समस्या उत्पन्न भएको हो । टावरमा खरावी आएर समस्या उत्पन्न भए पछि नेपाल दुर सञ्चार कार्यालय सुर्खेतले मर्मत गरेपछि फोन सेवा सुचारु भयो तर नेट इन्टरनेटको समस्या यथावत नै रहेको छ ।

इन्टरनेट सञ्चालन नहुदाँ यहाँको सवैखाले कामकाज अवरुद्ध भएको रिस्ता कम्युनिकेसन सेन्टरका प्रोपाईटर लालमणि विष्टले वताए । ईमेल गर्दा डकुमेन्टहरु एट्याच नहुने, सानो साईजका डकुमेन्ट तथा अन्य सामग्री लोड तथा अपलोड नहुने समस्याले सताएको छ ।

यता नेट सेवाले काम नगर्दा सल्लीवजारमा रहेको त्रिवेणि आईएमी, लक्ष्मी वैक, निर्धन वैंक र अन्य संस्थाहरुमा समेत निक्कै ठुलो असर परेको वताएको छ । सञ्चार अवरुद्ध भएको महिनौ दिन वित्दा समेत यहाँका स्थानीयको गुनासो प्रति दुर सञ्चार कार्यालयले सधै अटेरी पना गर्ने स्थानीय उपभोक्ताहरु वताउने गरेका छन् ।

एडि एस एलको वाईफाई सेवाको महुसल तीरेर पनि १ महिना वित्न थाल्यो तर स्थानीयले भरपर्दो सेवा लिन नपाएको गुनासो गरिरहेका छन् । तर नेपाल टेलीकमलाई सेवा अवरुद्ध वारे पटक पटक जानकारी गर्दा समेत नेट सेवा सुचारु गर्ने विषमा चासो नदेखाएको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : २०७४ माघ २३ गते मङ्गलवार