माघ २३, काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपि ओलीले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै दोहोर्याउने तयारी गरेकाे बेला वरिष्ठ नेता झलनाथ खनाल अाक्रमक बनेका छन् । उनले अाेलीलार्इ संकेत गर्दै राष्ट्रपति पदमा एकै व्यक्तिलाई दोहोर्याउन नहुने भन्दै ओलोचना गरेका छन् ।
इरानमा आयोजित आइक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खनालले पार्टीले जिम्मा दिएमा आफू जुनसुकै जिम्मेवारीका लागि पनि तयार रहेको बताए । ‘पार्टीले मूल्यांकन गरेर जे जिम्मा दिन्छ त्यो जिम्मा त्यो लिएर अघि बढ्ने मान्छे हुँ,’ उनले भने, ‘म अहिले पनि मूल्यांकन गरेर यो जिम्मेवारी लिनुपर्छ भन्छ भने त्यो लिएर अघि बढ्न म तयार छु’ । तर आफू पदको लागि मरिहत्ते गर्ने पक्षमा भने नरहेको पनि उनले स्पष्ट पारेका छन् ।
फरक प्रशंगमा वरिष्ठ नेता खनालले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै निष्कर्षमा पुग्ने दावी समेत गरे ।
‘विचार र संगठनात्मक समस्या समाधान गर्न २ पार्टीबीच छलफल भईरहेको छ, पार्टी एकता छिटटै टुङ्गिन्छ’ खनालले भने ।
वरिष्ठ नेता खनालले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई स्वभाविकै रुपमा लिनुपर्ने धारणा पनि राखे ।