माघ २३, जनकपुर ।
प्रदेश २ मा मातृभाषाको विवाद चर्किएको छ।
प्रदेश सभामा संघीय समाजवादी फोरमका महासचिव मोहमद लालबाबु रावत र राजपाका प्रदेश सांसद जितेन्द्र सोनलले मातृभाषालाई बेवास्ता गर्दै सम्पर्क भाषाको रूपमा रहेको हिन्दी भाषामा बोलेपछि मंगलबार जनकपुरको जानकी चोकमा स्थानीय आक्रोशित युवाले उनीहरूको पुतला बनाएर दहन गरेका हुन्।
सो पुतला दहनको क्रममा स्थानीय प्रहरीसँग केहीबेर झडपको अवस्थासमेत उत्पन्न भएको थियो। तर, पनि स्थानीय युवाले राजपा र फोरमको पुतला दहन गरेका हुन्। परिवर्तनका लागि युवा अभियानका प्रतिनिधि बिट्टु पजियार सुरिको अध्यक्षता रौशन यादवको अगुवाईमा नाराबाजीसहित पुतला दहन गरिएको थियो। मातृभाषालाई प्रयोग र वैदेशिक भाषालाई सम्मान गर भन्दै स्थानीय युवाको माग रहेको अभियन्ता सुशील कर्णको भनाइ छ।
यसक्रममा युवाहरु मोहन रौनियार, किसन मण्डल, सुमित मिश्र, सुरेन्द्र मण्डल, रवि ठाकुर, सन्जय गुप्ता, मनीष कोइराला, पप्पु यादव, कन्हैया मण्डल, राजु दास, मजिवुल राईन, अविनाश साह, आरएन सिंहलगायतका दर्जनौँ युवाको उपस्थितिमा पुतला दहन भएको थियो।