• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

अमेरिका पठाईदिने भन्दै करोड ठगी गर्ने पण्डित पक्राउ


माघ २४, काठमाण्डाैँ । 

आफु अमेरिकी सेना भएको र अमेरिका पठाईदिने भन्दै एक करोड ५० लाखभन्दा बढीको ठगी गर्ने सुलभ पण्डित क्षेत्रीलाई सिआईबीको टोलीले आइतबार पक्राउ गरेको छ ।

आजको नागरिक दैनिक खबर मा छ- मनिस बस्नेत, नरेन्द्रबहादुर पण्डित र सुलभ पण्डित क्षेत्रीको नामबाट तीनवटा नागरिकता बनाई ठगी गरेका उनलाई सिआईबीले पक्राउ गरेको हो ।

पण्ढितले भारतीय सेनामा भर्ती गराईदिने तथा अमेरिका पठाईदिने भन्दै १४ जना भन्दा बढीलाई ठगी गरेको सिआईबीले जनाएको छ ।

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार