• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

पार्टी एकता भइसक्याे, औपचारिक घोषणा मात्रै बाँकी छः जनार्दन शर्मा


माघ २४, काठमाडाैं ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेकपा एमाले र माओवादी केन्द्रबीच औपचारिकता बाहेक पार्टी एकता भइसकेको बताएका छन् । ‘अब एकता घोषणा हुन मात्र बाँकी छ, त्यसका लागि सकारात्मक छलफल भइरहेको छ’, प्रेस सेन्टर प्रदेश नं. ६ सुर्खेतद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ ।’

अाजको अन्नपूर्ण पाेष्टमा खबर छ- नेता शर्माले एकताबाट बन्ने पार्टीको अध्यक्षको विषयमा दुवै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताउँदै एकता प्रक्रिया जनअनुमोदित भइसकेकाले यसमा कुनै शंका नगर्न आग्रह गरे ।

‘पार्टीको एकताको विपक्षमा जाने छुट कसैलाई छैन’, उनले भने ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले एकतामा कुनै प्रभाव पार्ने छैन् ।’

मुख्यमन्त्रीको टुङ्गो चाँडै
पत्रकार भेटघाटमा नेता शर्माले माओवादीको भागमा परेको प्रदेश नं ६ को मुख्यमन्त्रीको टुङ्गो माघ २५ गते निश्चित रुपमा लाग्ने बताए । यसको टुङ्गो लगाउन पार्टीको विधि पद्धतिअनुसार अघि बढ्ने उनले बताए । मुख्यमन्त्री छनोटका लागि सहजीकरण गर्न आफू सुर्खेत आइपुगेको पनि उनले बताए ।

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार