माघ २४, सल्यान ।
प्रचण्ड निकटकाे अखिल( क्रान्तिकारी) सल्यानले जिल्लाकाे छत्रेश्वरी, कपुरकाेट, कुमाख गाउँपालीका र शारदा नगरपालीकामा रहेका विभिन्न विद्यालयहरुमा अाफ्नाे संगठन पुनर्गठन गरेकाे छ । अन्य स्थानीय तहहरुमा पनि संगठन बिस्तार जारी रहेकाे साे संगठनले बताएकाे छ ।
हिजाे मात्रै गर्पामा रहेकाे बिरेन्द्र माविमा रबिन्द्र पुनको अध्यक्षतामा ३७ सदस्यीय मावि मा ईकाइ कमिटी गठन गरेकाे अखिल ( क्रान्तिकारी) सल्यानले बताएकाे छ । जसकाे उपाध्यक्षमा सुमित्रा कढाथोकि, सचिव दामोदर धर्ति, सहसचिव बुदीझमान बुढाथोकि, कोषाध्यक्ष भिमा राणा रहेका छन् ।
सो कार्यक्रममा बोल्दै संगठनका जिल्ला अध्यक्ष चेतन गिरीले शिक्षामा सुधार गर्ने जिम्मा अाफ्नाे संगठन को भएको भन्दै अाफ्ना अधिकार प्राप्तिका लागि अफु जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताएका छन् । कार्यक्रममा वाइसेलका सेरु पुनले विद्यार्थीहरुले गर्ने जस्तोसुकै संघर्ष मा अाफुले साथ दिने बताएका छन् ।
त्यस्तै साेहि संगठनले शानपाकाे कजेरीमा रहेकाे बालशाखामामा पनि रबिन बुढाथोकी को अध्यक्षताम ५९ सदस्य समिति गठन गरेको छ । जसेकाे उपाध्यक्ष निमराज डाँगी, साचिव शुस्मा बुढाथोकी, सह सचिब ॠषिराज खत्री, कोषाध्यक्ष बिपना बुढाथोकी रहेका छन ।
साेही नगरपालीकाकाे अर्काे विद्यालय त्रिभुवन जनता उमावि लुवापिङमा पनि civil engineering तर्फ आशिष बि एम को अध्यक्षताम १७ सदस्य सहिद कमिटी निर्माण गरेको अखिल ( क्रान्तिकारी) सल्यानले जनाएकाे छ । जसकाे उपाध्यक्षमा नवीन नेपाली चादनी बि एम, सचिव बबिता गिरि, सह सचिव प्रेमिका शर्मा, कोषाध्यक्ष अनिल पहाडी रहेका छन।
उता कुमाख गाउपालिका अन्तरगत सरस्वती माबी झारकाडा मा पनि पबित्रा बुढाथोकी को अध्यक्ष मा ३२ सदस्य मावि एकाइ कमिटी निर्मान गरेको छ । जसकाे उपाध्यक्षमा वीर बहादुर डि सि, सचिव गणेश कुमाइ, सह सचिब प्रकाश थापा, कोषाध्यक्ष सरस्वाता थापा रहेकाे अखिल ( क्रान्तिकारी) सल्यानले जनाएकाे छ ।