• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

राजधानिका हिसावले दाङ उपयुक्त हाे तर दङ्गालि नेताहरुले गतिलो भुमिका खेलेनन्ः रायमाझी


माघ २४, घोराही ।

नेकपा माओवादिका प्रभावशालि नेता टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेशको स्थायि राजधानि दाङ बनाउन उपयुक्त रहेको भन्दै यसको नेतृत्व दाङले गर्नुपर्ने बताएका छन् । जागरण अनलाइनसंग कुरा गर्दै माओवादि नेता रायमाझीले राजधानीका लागि दाङ र बुटवलको आ–आफ्नै पोजिसन रहेको भन्दै दाङ र बुटवलका विषमा विवाद गर्नु भन्दा स्थायि राजधानिका लागि सबै हिसावले उपयुक्त ठाउ दाङ रहेको समेत बताए ।

उनले आफु नजिकका छिमेकी जिल्लाहरुको नेतृत्वदायि भुमिका दाङले गतिलो गरी गर्न नसकेकोमा चिन्ता ब्यक्त गर्दै दाङका नेताहरुले आफुले अगुवाइ गर्ने वातावरण नवनाएकोसमेत बताए । दाङले वाँके, वर्दिया, अर्घाखाचि, गुल्मी, पाल्पा, नवलपरासि, कपिलबस्तु, प्युठान, रोल्पालाई साथसाथै लिएर जानुपर्नेमा आफ्नै पोजिसन भएको बुटवलसंग विवाद गरेर अर्थ नहुनेसमेत ठोकुवा गरे । उनले दङ्गालि नेताहरुले राम्रोसंग नेतृत्व गर्न नसकेकै कारण सरकारले बुटवल अस्थायि मुकाम तोकेको बताए ।

पाँच नम्वर प्रदेश टुक्राउन हुदैन भनेर आन्दोलनको नेतृत्व गरेर अघि बढेर प्रदेश टुक्रीन दिनवाट वचाउनेमा आफ्नो निर्णायक भुमिका रहेको स्मरण गर्दै आफुसंग दङ्गालि नेताहरुले एकपटक पनि गम्भिरतापुर्वक छलफल नगरेको गुनासो गरे । अर्घाखाचि, गुल्मिसंग दङ्गालिको मायाँ, स्नेह धेरै नजिकको रहेको भन्दै माओवादि नेता रायमाझीले प्रदेशको स्थायि राजधानि दावि गरीरहेको दाङले कुनै सर सल्लाह, सुझाव कुनै नलिएको दावि गरे ।

रायमाझीले आफुलाई राजधानिको चाविसंगै जोड्दै भने–‘राजधानिको चावि को संग छ, थाहाँ छैन, दाङ र वुटवल आ–आफ्नै पोजीसन भएकाहरुले विवाद गरेर कुनै अर्थ छैन, हिजका दिनमा पाँच नम्वर प्रदेश टुक्रार्नुहुदैन भने आन्दोलन गर्ने एउटा अभियन्ता म पनि हुँ, पार्टिले कारवाही गर्ने चेतावानि दिइरहेका वेला पार्टिलाई धक्का दिएर प्रदेश टुक्रार्नुहुन्न भन्ने पक्षमा मैले नै नेतृत्व गरेको थिए, छेस्काले घोचेर ताला खुल्दैन, चावि नै चाहिन्छ, चावि हामि हो, दङ्गालि नेता, जनताले राम्रोसंग कुरा बुझेका छैनन्, आफै गमक्क परेर राजधानि दाङ आउदैन ।’जागरण अनलाइनबाट

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार