• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

राजधानी प्रदेशसभाले ताेक्छ, दाङ जस्तो उपत्यका अन्यत्र छैनः यस्ताे भने शंकर पाेखरेलले ?


माघ २४, दाङ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेशसभा सदस्य शंकर पोखरेलले स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभाको भएको बताए।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बुधबार राष्ट्रियसभा निर्वाचनमा मतदान गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रियसभा निर्वाचनले गर्दा १२ वटै जिल्लाका प्रदेशसभा सदस्यहरूले दाङलाई निहाल्न पाएकाे कारणले अब उनिहरुले सही निर्णय गर्ने बताएका छन् । उनले घुमाउरो पाराले दाङ नै प्रदेश राजधानीको लागि प्रदेशमा सबैभन्दा उपयुक्त स्थान भएको बताएका छन् ।

उनले भने-‘दाङ जस्तो ठूलो उपत्यका अन्यत्र कतै छैन, राजधानी हुनलाई पर्याप्त स्पेश पनि चाहिन्छ,’

फरक प्रशङ्गमा बाेल्दै पाेखरेलले अब सबै राजनीतिक गतिरोध अन्त्य भएको बताएका छन् । प्रदेश नम्बर ५ का भावी मुख्य मन्त्रीका रूपमा हेरिएका पोख्रेलले भने ‘राष्ट्रिय सभाको निर्वाचन पनि भइसक्यो, त्यसैले अब सबै स्थानमा जनप्रतिनिधिले शासन गर्ने छन् र संविधान पूर्ण रूपमा क्रियाशील हुनेछ।’

उनले सबै निर्वाचन सम्पन्न भएको हुँदा अब संविधान कार्यान्वयनको महत्वपूर्ण चरण सकिएको समेत तर्क प्रस्तुत गरे। अब मुलुक सकारात्मक दिशातिर अगाडि बढ्ने बताएका उनले देशवासी सबैका लागि यो सुखद क्षण भएको बताए।

 

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार