माघ २४, दाङ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका बुबालार्इ मोटरसाइकलले ठक्कर दिदा मृत्यु भएकाे छ ।
आज दिउँसो तुलसीपुृरको रजौरामा रा ३ प ८७२४ नम्वको मोटरसाइकलले ठक्कर दिदाँ गम्भीर घाइते बनेका नगरप्रमुख घनश्यामका पिता टेकबहादर पाण्डेको अपचार गर्न नपाएर मृत्यु भएकाे हाे । घाइते पाण्डलेलाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछी थप उपचारका लागि कोहोलपुर लैजाने क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
स्वर्गीय पाण्डेका एक छोरा र एक छोरी छन् । घाइते पाण्डेलाई राप्ती अंचल अस्पताल तुलसीपुरले सामान्य घाइते भनेको थियो ।