• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

अन्तरास्ट्रिय खुल्ला कराँते प्रतियोगितामा पदक जित्ने खेलाडिलाई बागचाैरमा सम्मान


माघ २४, सल्यान । 
नेकपा माओबादी केन्द्र बागचौर नगरपालिकाले प्रथम अन्तरास्ट्रिय खुल्ला कराँते प्रतियोगितामा पदक जित्ने जिल्लाका ५ जना खेलाडिहरुलाई सम्मान गरेको छ ।

नेपाल सहित ६ देशको सहभागितामा माघको १४ गते देखि १६ गते सम्म काठमाडौँको सात दोबाटोमा भएको प्रतियोगितामा सल्यानका ५ जना खेलाडिहरुले पदक जितेका थिए । खेलाडिहरुलाई नेकपा माओबादी केन्द्रका महादिबेशन आयोजक समिती सदस्य तथा बागचौर नगरका संयोजक तुल्सिराम घर्ति लगाएतका अतिथिहरुले आज एक कार्यक्रमका बिच खादा ओढाएर सम्मान गरेका हुन् ।

नेकपा माओबादी केन्द्र बागचौर नगरकमिटी सदस्य रोमु शाहीको अध्यक्षता एवं नगर सदस्य मोहन खड्काको स्वागत मन्तब्य बाट सुरु भएको  कार्यक्रममा अन्तरास्ट्रिय खुल्ला कराँते प्रतियोगितामा बिजयि भैइ स्वर्ण पदक जित्न सफल ११ वर्ष मुनि जुनियर प्रतियोगितामा वागचौर नगरपालिका ७ का सन्जु बिक,३० केजी तौल समुहमा सोहि ठाउँका सन्तोष विक,३० केजी तौल समुहमा शारदा नगरपालिका १३ का सुनिल खड्का, १८ वर्ष माथि सिनियर एकल कातामा, दोस्रो भएर रजत पदक जितेका वागचौर नगरपालिका १० का चुडामणि केसी र ३१ केजी तौल समुहमा तेस्रो स्थान हाशिल गरि कास्य पदक जित्न सफल वागचौर नगरपालिका २ चिल्ढालेका प्रकाश विक लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाल सितोरियो क्राते संघका अन्तरास्ट्रिय रेफ्री चित्र राणा र जिल्ला भलिबल खेलका महासचिव याम बहादुर बुढालाई सम्मान गरिएको थियो । नेकपा माओबादी केन्द्र बागचौर नगरकमिटी सदस्य डिल्ली वलिले संचालन गरेकाे कार्यक्रममा प्रमुख अतिथी तुल्सीराम घर्ती जनकले खेल क्षेत्रमा भएको ब्याप्त भ्रष्टाचारलाई अन्त्य गर्नु पर्ने बताए ।घ

र्तिले नेपालमा सच्चा खेलाडी हरु पनि रहेको तर आर्थिक स्थितिले फिल्डमा आउन न सकेकाले सरकारको यश तर्फ ध्यानजान आबस्यक रहेको बताए ।

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार