• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

बजार नपाउदा ५ महिना देखि डोल्पाकाे स्याउ स्टोर मै थन्कीयो


लेख बुढा
माघ २४, डोल्पा ।
बजार नपाउदा डोल्पामा किसानका १५ क्विन्टल स्याउ कोल्डस्टोरमै थन्कीएको छ ।

जिल्लाको त्रिपुरा सुन्दरी नगरपालीका वडा ३ का रन्जीत बोहोराले उत्पादन गरेको १५ क्विन्टल स्याउ बजार नपाउदा यतिकै थन्कीएको हो । गत भदौ, असोजमा डोल्पामा प्लेन नचलेपछि आफ्ना स्याउ तराईका विभिन्न सहरहरुमा ढुवानी गर्न नसकिएको उनले बताए ।

माघ महिनाको जाडोको समयमा स्याउ १०, १५ रुपैयाको दरले विक्रि गर्ने गरेको बोहोराले बताए । कृषक बोहोराले स्याउ बेचेर बार्षिक ३ लाख र ओखर तरकारीबाट गरि बार्षिक ४ लाख सम्मा आम्दानी गर्ने गरेको बताए । तर बजार नपाउदा समस्या भएको उनको भनाई छ । संकेतिक तस्विर

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार