• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

फिल्ममा गुण्डा देखिने राजेन्द्र खड्गीलार्इ वास्तविक मानव तस्करी गरेको अभियोगमा अनुसन्धान


माघ २५, काठमाडाैं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुरु गरेको छ। खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् ।

आजको नयाँ पत्रिकामा खबर छ- खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया लगी उतै लुकाएका छन्। उनीविरुद्ध उजुरी परेपछि अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले बतायो।

‘निर्देशक खड्गीविरुद्ध अनुसन्धान हुँदै छ। उनीविरुद्ध मानव तस्कर गरेको अरोप छ। सोहीअनुसार जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरेको हो। उनले मोटो रकम लिएर कोरियामा मान्छे लगेको र उतै लुकाएको उजुरी परेको छ। घटना सम्बन्धमा अनुसन्धान हुँदै छ। वास्तविकता अनुसन्धानपछि खुल्नेछ,’ स्रोत भन्छ।

प्रकाशित मिति : २०७४ माघ २५ गते बिहिवार