प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा चुनिए महेन्द्रबहादुर शाही


सुर्खेत माघ २५:प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीलाई चैन गरिएको छ। सबै नेताहरुको सहमतीमा परेपछि महेन्द्र शाहिलाइ भावी मुख्यमन्त्री स्थान दिएको छ। शाही कालिकोट ख बाट प्रदेश सभामा निर्वाचित पूर्व ऊर्जामन्त्री हुन् ।

हिजो मुख्यमन्त्रीको लागि बसेको बिशेष बैठकमा माओवादी केन्द्रबाट  प्रदेश इन्चार्ज शक्ति बस्नेत, पूर्वगृहमन्त्री जनार्दन शर्मा र संयोजक मायाप्रसाद शर्माबीच शाहीलाई मुख्यमन्त्री बनाउने समझदारी भएपछि मुख्यमन्त्रीको विवाद टुंगो लागेको हो । औपचारिक घोषणा भने बिहीबार आजमात्रै गरिने बताइएको छ ।

एमालेसँगको सहमति अनुसार, माओवादीले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको थियो । मुख्यमन्त्री टुंगो लाग्न नसकेपछि पूर्वगृहमन्त्री जनार्दश शर्मा सहजीकरणका लागि सुर्खेत पुगेका थिए । शर्मा औपचारिक घोषणा भएपछि मात्रै फर्किने बताइएको छ ।

माओवादीले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको थियो । प्रदेश ७ मा यस अघि नै डोटीका त्रिलोचन भट्टलार्इ सर्बसम्मत चयन गरिसकेको छ ।

प्रकाशित मिति : २०७४ माघ २५ गते बिहिवार