माघ २५, चितवन ।
त्रिशुली नदीमा ट्यांकर खस्दा दुई जनाको मृत्यु भएको छ ।
आज (विहिवार) बिहान साढे पाँच बजेतिर नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका २९ गाईघाटमा कन्टेनर(ट्रक)सँग ठोक्किएर दुध बोक्ने ट्यांकर त्रिशुली नदीमा खसेको हाे । मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । उनिहरु ट्याँकरको चालक र सहचालक भएको बताइएको छ ।
नारायणगढबाट पोखरा तर्फ जाँदै गरेको बा ४ ख ६९५३ नम्बर दुधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । ट्यांकर सडकवाट करिव १ सय मिटर तल खसेको र पानिमा थोरै भाग देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्रक भने सडकको कुनातर्फको नालिमा खसेको छ ।
शसस्त्र प्रहरी,जनपथ प्रहरी र स्थानियको सहयोगमा शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।