• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

राेल्पामा आगोले पोलेका बालकलार्इ आर्थिक अभाव हुदाँ उपचार नगरेरै फर्काइयाे


मनिषा राई
माघ २५, रोल्पा ।
पुर्वी रोल्पाको सुवर्णवति गाउँपालिका पञ्किोट घोडागाउँमा आगोले पोलेको बालकलाई आर्थिक अभावका कारण उपचार नगराई फर्काइएको छ ।

अनुहार र शरीरमा आगोले पोलेको घाउँ निको नहुँदै बुवा नरेन्द्र पुनमगर र आमा पूर्णिमा पुनमगरको ४ वर्षिय छोरा आयुश पुनमगरले आर्थिक अभावका कारण उपचार पाउन सकेन ।

माघ १३ गते भएको आग्लागीमा परि आयाुशको अनुहार र शरिर जलेको थियो । उनको उपचारको लागि पहिला लुम्वीनी अञ्चल अस्पताल बुटवल लगियो । त्यसमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज भैरहवामा, फेरी डाक्टरको सल्लाहले मेसिन अस्पताल तानसेन पाल्पामा लगेको आयुशकी हजुर आमा पूर्णिमा पुनमगरले बताइन्  ।

आयुश पुनमगरका बुवा नरेन्द्र पुनमगरले धेरै स्थानमा लग्दा पनि उपचार हुन नसक्दा र खर्च अभाव भएपछि फिर्ता लिन आफू बाध्य भएको बताइन् । घरमा उपचार गर्दा निकै समस्या रहेको आयुशका आमा पूर्णिमा पुनमगरले बताइन् ।
उपचारको लागि कतै बाट पनि सहयोग नभएको आफू गरिव भएकोले आर्थिक श्रोत नभएकाले फर्काएर लिनु परेको पुनमगरले बताइन् ।

प्रकाशित मिति : २०७४ माघ २५ गते बिहिवार