• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

सलमान खानले नेपाललाइ यस्तो सन्देश दिए,। ( पूरा पढ्नोस)


काठमाडौँ :बलिउड अभिनेता ‘दबंग ब्वाई’ सलमान खान ‘दबंग द टुर’ अन्तर्गत नेपाल भ्रमणमा आउन लागेका छन्। नेपाल भ्रमणमा आउन लागेका सलमानले नेपालीहरुलाई लक्षित गर्दै बुधबार एउटा ट्वीट र फेसबुक स्टाट्स पोस्ट गरेर केही सन्देश दिएका छन्। भने उनको उक्त पोस्ट भएको सन्देशमा धेरै नेपालीले कमेन्ट र लाईक गरेका देखाएको छ।

उनले स्टाट्सको  सन्देशमा लेखेका छन्,

‘नेपाल अब आपकी वारि स्वाग,से स्वागत नहि करोगे हामारा?

अर्थात ‘नेपाल अब तपाईको पालो स्वागतले स्वागत गर्ने होईन हाम्रो’ । सलमानले उक्त स्टाट्स दबंगको डायलग शैलीमा पोस्ट गरेका छन्।

सलमानको यो भ्रमण नेपालमा दोस्रो भ्रमण हुनेछ । यसअघि उनी सन् १९९४ मा नेपाल आएका थिए। यसपटक उनी आउँदो मार्च १० मा बिहान त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिनेछन्। उनको नेपाल भ्रमण तीन दिनको हुनेछ। उनले उक्त बसाईमा विभिन्न किसिमका सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।

सलमान खानसँगै दबंगकी अभिनेत्री सोनाक्षि सिन्हा, कृति सेनन, डेजी शाह, कोरियोग्राफर प्रभू देवा, मनिस पोल, मिट ब्रोज काठमाडौ‌ंको टुँडीखेलमा दर्शकहरुलाई मनोरञ्जन गराउने छन ।

प्रकाशित मिति : २०७४ माघ २५ गते बिहिवार