माघ २५, दाङ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेका पिता टेकवहादुर पाण्डेको विहिवार दाहसंस्कार गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नम्वर ८ भमके खोलामा पाण्डेको दाहँसस्कार गरिएको छ । दाहसंस्कार गर्नु अगाडि आयोजना गरिएको संक्षिप्त श्रद्धान्जली कार्यक्रममा वोल्दै एमाले दाङ्गका अध्यक्ष टिकाराम खड्काले कम्युनिष्ट आन्दोलनमा महत्वपुर्ण योगदान दिएका पाण्डेको निधनले वामपन्थी राजनीतिमा अपुरणीय क्षति पुगेको समेत वताएका थिए ।
को को पुगे श्रद्धान्जली दिन ?
बुधवार गाउँको विवाहमा सहभागि भएर फर्कने क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ मा रा ३ प ८७२४ नम्वरको मोटर साइकलले उनलाई ठक्कर दिएको थियो । प्रारम्भिक उपचार तुलसीपुर अञ्चल अस्पतालमा गरेर थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा पाण्डेको अमेलियामा मृत्यु भएको थियो । राजनीति र सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशिल पाण्डेको निधनप्रति श्रद्धान्जली दिनका लागि राजनीतिज्ञ, सुरक्षा क्षेत्रका विशिष्ट व्यक्ति लगायतको सहभागिता रहेको थियो ।
उनलाई श्रद्धान्जली दिनका लागि माओवादी केन्द्रका नेता एवम् प्रतिनिधि सभा सदस्य कृष्णवहादुर महरा, एमालेका उपमहासचिव विष्णु पौडेल, एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेल, प्रतिनिधिसभा सदस्य शान्ता चौधरी, हिराचन्द्र केसी, राष्ट्रियसभा सदस्य कोमल वली, प्रदेशसभा सदस्य उत्तरकुमार वली, अमर डाँगी, डिल्ली चौधरी, जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकामा नगरप्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने, प्रदेश प्रहरी प्रमुख मधुप्रसाद पुडासैनी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, दाङ्ग जिल्ला प्रहरी प्रमुख दुर्गा सिंह लगायतका व्यक्तिहरुको उनको निवास र दाहसंस्कार गर्ने ठाउँमा पुगेका थिए ।