• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

दाङले अभिभावक गुमायाे: महरा


डिल्ली मल्ल
माघ २५, दाङ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेका पिताको निधनप्रति नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले शोक विज्ञप्ती जारी गरेका छन् ।

बिहीबार शोक विज्ञप्ती जारी गर्दै तुलसीपुर–८ अश्वारानिवासी ७८ वर्षीय टेकबहादुर पाण्डेको असामयिक, आकस्मिक र दुःखद निधनले आफूलाई मर्माहत बनाएको बताएका हुन् ।

पाण्डेको निधनले सिंगो दाङले अग्रज, कुशल अभिभावक र अनुभवी व्यक्तित्वलाई गुमाएको भन्दै महराले विज्ञप्तीमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनुपर्ने अवस्था आउनु परिवार र समाजकै लागि निकै पीडाबोध हुने बताएका छन् ।

‘मृत्यु शास्वत नियम हो तर समय नआइकन सवारी वा अन्य दुर्घटनामा परी हुने यस्ता दुखद घटनाले परिवार र सिंगो समाजलाई नै निकै पीडाबोध हुने गर्दछ,’ उनले विज्ञप्तीमा भनेका छन्, ‘अतः राज्य र सामाजिक क्षेत्रबाट सवारी दुर्घटना न्यूनीकरणका लागि परिणाममूलक पहल गर्नैपर्छ ।’

उनले शोकाकूल परिवारजनमा समवेदनाका साथै दुर्घटनामा परी निधन भएका टेकबहादुर पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

हेर्नुस् शोक वक्तव्य

प्रकाशित मिति : २०७४ माघ २५ गते बिहिवार