सल्यानमा एक जना शिक्षिकाको भरमा पुरै विद्यालयमा सञ्चालन


बुद्धि पुन
माघ २५, सल्यान ।
सल्यानको एक सरकारी बिद्यालय एक जना मात्रै शिक्षिकाको भरमा सञ्चालन हुदैँ आएको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर १० मधानामा रहेको कालिका आधारभूत बिद्यालय अहिले एक जना सहयोगी कार्यकर्ता (शिक्षिका) को भरमा सञ्चालन हुदैँ आएको हो । कक्षा ३ सम्म सञ्चालन भएको यस बिद्यालयमा अहिले एक जना मात्रै शिक्षिका छन् । शिक्षिका बिमला बस्नेत थापाले पहिले अरु शिक्षकशिक्षिका भए पनि लामो समय देखी बिद्यालयमा एक्लै पढाउनु परेको बताइन् ।

उनले अहिले बालबिकास, कक्षा १, २ र ३ का सबै बिद्याथीहरुलाई संगै राखेर पढाउने गरेको बताइन् । शिक्षिका थापाले अहिले सबै बिद्याथीहरुलाई एउटै कक्षामा राखेर पढाउने गरेको बतइन् । तर उनले सबै बिद्यार्थीहरुलाई सँगै राखेर पढाउदा बिद्यार्थीहरुले पढाएको केही पनि नबुझ्ने गरेको बताइन् । यस बिद्यालयमा ३७ जना बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।

अहिले बालबिकासमा १५ जना, कक्षा १ मा ७ जना, कक्षा २ मा १० जना र कक्षा ३ मा ५ जना बिद्याथीहरु रहेका छन् । बिद्यालयमा शिक्षक, शिक्षिका नहुँदा पढाई नहुने भन्दै केही बिद्यार्थीहरु बिद्यालय समेत आउन छोडेका छन् ।

प्रकाशित मिति : २०७४ माघ २५ गते बिहिवार