दिपकजंग शाही
माघ २५, सुर्खेत ।
नेकपा एमाले प्रदेश नं. ६ को संसदीय दलमा पोलिटव्यूरो सदस्य यमलाल कँडेल चयन भएका छन् ।
एमाले प्रदेश नं. ६ को आज सुर्खेतमा बसेको वैठकले कंडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । सुर्खेत क्षेत्र नं. २ (क) बाट निर्वाचित कंडेल सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन भएका हुन् । संसद प्रकाश ज्वालाले कँडेललाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए ।
सल्यानबाट प्रदेश सांसद बनेका ज्वाला पनि यसअघि संसदीय दलको नेताको दावेदार थिए । कंडेल प्रदेश ६ को मुख्यमन्त्रीको दावेदार रहेका थिए । तर, प्रदेश ६ मा माओवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि उनी सभामुख बन्ने चर्चा चलेको थियो । उनले यसअघि नै आफू दलको नेताको दाबेदार भएको तर सभामुखको दाबेदार नभएको बताएका थिए ।
प्रदेश ६ मा एमालेले २० सिट जितेर पहिलो बनेको छ ।