• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

यसरी १४ करोड बाँड्दै देउवा, प्रधानमन्त्रीबाट राजीनामा नदिने


माघ २६,  काठमाण्डाैँ । 

सत्ताबाट बहिर्गमनको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले थप आर्थिक सहायता वितरणको तयारी गरेका छन् ।

आजको कान्तिपुर दैनिकमा यो खबर छ- सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता वितरण कार्यविधिको ठाडो उल्लघंन गर्दै राज्यको ढुकुटीबाट प्रधानमन्त्री, मन्त्री र प्रभावशाली नेताका पहुँचवाला आफन्त र कार्यकर्तालाई करिव १४ करोड रुपैयाँ बाँड्ने निर्णय गर्नेछ ।

आर्थिक अवस्था कमजोर भएका ब्यक्तिलाई उपचार खर्चबापत सोझै अस्पताललाई बिलभर्पाअनुसार मात्र रकम दिने व्यवस्था आर्थिक सहायता कार्यविधिमा उल्लेख छ ।

मन्त्रिपरिषद्ले नै बनाएको कार्यविधिको खिल्ली उडाउँदै प्रधानमन्त्री र मन्त्रीहरुले आफुखुसी कार्यकर्ता र आफन्तलाई मोटो रकम वितरण गर्दै आएका छन् ।

राजीनामा नदिने

प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् । ]

आजको नयाँ पत्रिकाको पृष्ठ दुईमा यो खबर छापिएको छ- आफैंले प्रतिनिधिसभा, रासष्ट्रयसभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनुनपर्ने प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले निकालेको छ ।

प्रमुख सत्तारुढ दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनको चक्र पुरा भएपछि वर्तमान सरकार स्वतः कामचलाउन हुने भएकाले राजीनामा दिनु र नदिनुको औचित्य नभएको बताए ।

उनले भने,

-नयाँ जनप्रतिनिधि आएपछि पुरानो सरकार स्वतः कामचलाउ हुन्छ, राजीनामा दिनु पर्दैन ।

-नयाँ जनमतअनुरुप बहुमत पुर्याउने दलको नेता अब प्रधानमन्त्री बन्नुहुन्छ ।

प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रवार