• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

कहालीलाग्दो सत्य : १२ बर्षीया बालिका आफ्नै बुवाबाट पटक-पटक बलात्कृत


माघ २६, काठमाण्डाैँ ।

यौन हिंसापीडितलाई घरकै ढोका बन्द
पीडित बालिका र किशोरीले आलतबाट मुद्धा जिते पनि परिवार र समाज नै बाधक बन्ने गरेकाले उनीहरुले न्याय पाउँदैनन् ।

आजको कान्तिपुरमा अमुता अनमोलले यो खबर लेखेका छन्- ईलाका प्रहरी कार्यालय बुटवलमा २०७४ साउनमा रपन्देही, देवीनगरकी १२ बर्षीया बालिकाको उजुरी पर्यो ।
उजुरी आफ्नै बुवाविरुद्ध थियो ।

बालिकाको उजुरीमा घरायसी झैझगडा सम्बन्धी विषय उल्लेख भए पनि प्रहरीले जब उनलाई आफुले भोगेका समस्या ढुक्कसँग राख्न सक्ने वातावरण बनाईदियो, एउटा कहालीलाग्दो सत्य बाहिर आयो । ती बालिका आफ्नै बुवाबाट पटकपटक बलात्कृत हुँदै आएका रहिछन् ।

१२ बर्षीया अबोध बालिकाको दर्दनाक कथाव्यथा सुनेर प्रहरीको समेत मथिंगल हल्लियो ।

बुबाले ६ महिनादेखि आफुलाई बलात्कार गर्दै आएको कुरा उनले प्रहरीसामु खेलिन् । यो तथ्य उजागर भएपछि प्रहरीले बालिकाकी आमालाई उजुरी दिन आग्रह गर्यो ।
तर आमाले मानिन् ।

अन्ततः मावलीतर्फकी हजुरआमाले किटानी जाहेरी दिईन ।। मुद्धा प्रक्रिया अघि बढ्यो र बुवा जेल चलान भए ।

प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रवार