• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

नेपालले ओमानलाइ दियो १३९ रनको चुनौती


काठमाडौं:आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु,को दोस्रो खेलमा आज नेपालले ओमानलाई एक सय ३९ रनको चुनौती दिएको छ। नामिबियाको एफज पार्क मैदानमा टस जिटेर फिल्डिङ रोजेको ओमानलाई नेपालले यो सामान्य चुनौती दिएको हो। ४६ ओभरमा एक सय ३८ रन बनाउँदै नेपाल अलआउट भएको थियो।

यो नेपालका लागि सर्वाधिक २२ रन शरद भेषावकरले बनाएका छन। दीपेन्द्रसिंह ऐरीले २० रन बनाए भने दिलिप नाथले १९ रन जोड्दा कप्तान पारस खड्का र सोमपाल कामिले १७ रन बनाए। नेपालका लागि आरके पौडेलले १४ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

ओमानले अब केही बेरमा जवाफी ब्याटिङ गर्दै छ।

शांरस

प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रवार