• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

एनसेलले दियो छुट्टै भ्यालेन्टाइनडे अफर जानकारीका लागि पूरा पढ्नुहोस


काठमाडौं– एनसेलले भ्यालेन्टाइन सिजनको अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । एनसेलका ग्राहकहरुले सो सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजालिन सक्ने जनाइएको छ । सो कम्पनीले आफ्ना ग्राहकका लागि असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको जनाएको छ । जुन योजनाले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानी तथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउने कम्पनीको दाबी छ ।

असिमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर बिहिबारदेखि १५ दिनको लागि लागु हुने जनाइएको छ । यस अफरअन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले कर सहितमात्र रु १५ मा असिमित भ्वाइस प्याक लिई विहान ५ बजेदेखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुनै पनि नम्बरमा असिमित कुराकानिको मज्जा लिन सक्ने जनाइएको छ । कम्पनीका अनुसार ग्राहकले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिन्छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुने जनाइएको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रवार