• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा लागू पदार्थ दुव्र्यसन विरुद्धको अभियान शुरु


बुद्धि पुन
माघ २६, सल्यान ।
सल्यानमा ‘लागुपदार्थ दुव्र्यसन बिरुद्ध नागरिक/प्रहरी सचेतनामुलक नियन्त्रण अभियान’ शुरु भएको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ बाट यो अभियान शुरु भएको हो । शारदा नगरपालिका वडा नम्बर २ को सहयोग तथा परिबर्तन यूवा क्लब खलंगा र जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजनामा अभियान शुरु गरिएको हो । अहिलेको यूवा शक्ति समाज र देश निर्माणमा लाग्नुको साटो लागुपदार्थ दूब्र्यसनी तर्फ लाग्दा समय, पैसा र जिन्दगी नै बर्बाद हुने भए पछि यस्तो कार्यको थालनी गरिएको हो ।

लागुपदार्थ दूब्र्यसनीका कारण अन्य घटना पनि निम्तिने भएपछि यस्तो कार्यको शुरुवात भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरिक्षक भरत बहादुर बिकले बताए । उनका अनुसार यस अभियानलाई जिल्लाका श्रीनगर, थारमारे, सल्लीबजार, कपुरकोट लगायतका स्थानमा पनि सञ्चालन गरिने छ ।

प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रवार