लेकाली अनलाइन
माघ २६, सल्यान ।
नेपाल कम्युनिष्ट पार्टीका राप्ती ब्युराे सह इन्चार्ज सितलले अाफ्ना युवाहरुलार्इ सत्यकाे पक्षमा लागिपर्न र असत्य गर्नेहरुलार्इ कारबाहीकाे दायरामा ल्याउन अादेश दिएका छन् ।
अाज सल्यान श्रीनगरमा भएकाे राष्ट्रिय युवा जन स्वयंसेवक सल्यानको तेस्रो जिल्ला सम्मेलनमा बाेल्दै उनले अाफ्नाे पार्टी र अाफुसँग भएका युवा-कार्यकर्ता सधै राष्टघात, भ्रष्टाचार कालाेबजारी र दलालीहरुकाे विराेध गर्ने भन्दै युवालार्इ सत्यकाे पक्षमा हिडेर असत्यलार्इ कारबाही गर्न अाग्रह गरेका हुन् । उनले नेकपाले सधै समाजमा भएका दुखि, साेशित र अन्यायमा परेका पीडित वर्गकाे पक्षमा भएकाे भन्दै अब नेपालमा नयाँ क्रान्तिकाे युग बसाउने बताएका छन् ।
सम्मेलनले अमृत सुनारकाे अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन गरेकाे छ ।
देशमा अामुल परिवर्तकाे लागी एकीकृत जनक्रान्तीकाे कार्य दिशामा अगाडी बढ्नुपर्ने सम्मेलनले निष्कर्ष निकालेकाे छ । राष्टघात, भ्रष्टाचार कालाेबजारी र दलालीहरु देखिएमा राष्ट्रिय युवा जन स्वयंसेवकले नितान्त रुपमा कारबाही गर्ने बताएकाे छ । सम्मेलनकाे मुख्य नारा “राष्टघात, भ्रष्टाचार र बेरोजगार को विरुद्ध ससक्त युवा आन्दोलन, सुनिस्चित युवा अधिकार र एकीकृत जनक्रान्ती को पक्षमा तेस्रो जिल्ला सम्मेलन” ताेकिएकाे थियाे ।
कार्यक्रममा उपस्थित अर्का नेता नेकपा का सल्यान जिल्ला इन्चार्ज विश्वले जस्ताे नारा त्यस्तै काम गरेर राष्ट्रिय युवा जन स्वयंसेवक सल्यानले देखाउने बताएका छन् । उनले राष्टघात, भ्रष्टाचार कालाेबजारी र दलालीहरुलार्इ नछाेड्न पनि युवा जन स्वयंसेवकलार्इ अाग्रह गरेका छन् । यसमा नितान्त लागीपर्ने पनि उनले बचन दिएका छन् ।
कार्यक्रममा राप्ती ब्युराे सह इन्चार्ज क. सितलकाे, दाङ जिल्ला इन्चार्ज क. सविन, सल्यान जिल्ला जिल्ला इनचर्ज क. विश्व, रुकुम जिल्ला इन्चार्ज क. अटल, राष्ट्रिय युवा जन स्वयंसेवक राप्ती ब्युराे इन्चार्ज क. पाटन, जन्वयम सेवक दाङ जिल्ला इन्चार्ज क. तिलक, सल्यान जिल्ला इन्चार्ज क. टाइगर लगाएत नेताहरुकाे उपस्तिथी रहेकाे थियाे । कार्यक्रमकाे अध्यक्षता बल देब पुनले गरेका थिए ।