• २०७८ मङ्सिर ११ गते शनिवार
  • Preeti To Unicode

प्रचण्डकाे खुलासाः एकतामा ढिलाइ यस्ताे कारणले होइन, एमाले नेताकाे त्यस्ताे कार्यले यस्ताे भयाे


 माघ २६, चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद नमिलेको कारण पार्टी एकतामा ढिलाइ नभएको बताएका छन्। उनले एमाले नेताहरुको कार्य व्यस्तताका कारणले पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएकाे बताएका हन् ।

शुक्रबार गृहजिल्ला चितवन गएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकता मोडालिटीबारे छलफल भइरहेको बताए । उनले भने-  ‘एमाले र माओवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढेको छ, पार्टी एकताबारेमा कुन नेताले के भन्छ भन्नेतर्फ नलाग्न म आग्रह गर्दछु’

केपी ओली र प्रचण्डको पद बाँडफाँट नटुंगिएका कारण पार्टी एकता ढिलाइ भएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि सबै पद पाएको छु । पदको समस्या छैन । वार्ता छलफल नकारात्मक छैन । म बडो प्रस्टतासँग दोहोर्‍याएर भन्न चाहन्छु, पद नमिलेको कारण पार्टी एकतामा ढिलाइ भएको छैन ।’

आफू चितवनबाट फर्किएलगत्तै संयोजन समितिको बैठक बसेर एकता प्रक्रिया अघि बढाउने उनले बताएका छन्

अर्को एक प्रसंगमा माओवादी अध्यक्ष प्रचण्डले फागुन ६ गतेभित्र नयाँ सरकार गठन हुनेे बताए ।

प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रवार