• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

कार्यालयले दिएकाे गाडी प्रदेश प्रमुख चढेकै दिन बिग्रियो


माघ २७, काठमाण्डाैँ ।

प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एउटा स्कार्पियोको व्यवस्था गरेको छ ।

आजको नयाँ पत्रिकामा खबर छ- केन्द्र सरकारले शपथग्रहण गरेकै दिन ५ माघमा उनलाई गाडी दिएको थियो । तर, सो गाडी भोलिपल्टै बिग्रेर बीचबाटोमै अलपत्र पर्‍यो ।

७ माघमा प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउन प्रदेश प्रमुख सुर्खेत आउने क्रममा विमानस्थल जाँदा बाटोमै गाडी बिग्रिएको थियो । उनी ट्याक्सी चढेर विमानस्थल पुगेका थिए ।

सो गाडी अहिले पनि केन्द्रमै थन्किएको छ । संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७४ माघ २७ गते शनिवार