लेकाली अनलाइन
माघ २७, सल्यान ।
चर्चित लाेकदाेहाेरी गायक नेत्र भण्डारी र तिर्सना घर्ती मगरको अावाजमा रहेकाे लाेक पप गीत “ठुम्का” सार्वजनीक भएकाे छ । तिर्सना घर्ती मगरको उक्त “ठुम्का” बाेलकाे लोक पप गीत हिजाे म्युजिक नेपालकाे युट्युब च्यानल बाट सार्बजनिक भएकाे हाे ।
निकै रमाइलो तरिकाले निकालिएको “ठुम्का” गीत अलि पृथक किसिमको मनोरञ्जनमा प्रस्तुत गरिएकाे छ । रमाइलो र ठट्यौली शब्दहरु समेटिएको “थुम्का” गीतकाे शब्द सन्ध्या के.सी.ले लेखेकी छन् भने संगीत नेत्रकाे नै रहेकाे छ ।
दिपक र लोसिनाको अभिनय रहेको “ठुम्का” गीतकाे म्युजिक भिडियाेकाे निर्देशन क्रान्ति के.सी.ले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका छन् ।
यस गीतकाे म्युजिक भिडियोको दृश्य निर्माण तथा व्यवश्थापन मालती डिजिटल प्रा.लि. ले गरेको छ ।
हेर्नुहाेस् भिडियाे
याे पनि पढ्नुहाेस्
माया नपाएर मृत्यु भएका बिमल र सारीकालाई नेत्र र रुक्मणीकाे “हार्दिक श्रद्धाञ्जली”
अमृता लुङ्गेलीको नेत्र भण्डारी सँग डार्लिङ आइ लभ यु (भिडियो सहित)