• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

त्रिशुलीमा गाडी खस्याे, मन्त्रालयका सचिवसहित तीन जना वेपत्ता


माघ २७, काठमाडौं ।
एका बिहानै त्रिशुली नदीमा गाडी खस्दा ३ जना बेपत्ता भएका छन् ।

सिंचार्इ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएकाे प्रहरीले बताएकाे छ । कपिलवस्तुबाट काठमाण्डु आउँदै गरेको बा २ झ ३१४० नम्बरको गाडी शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

जिप धादिङको सलाङघाटबाट त्रिशुली नदिमा खसेको हो। चालक भने दुर्घटनास्थलबाट आफै बाहिर आएका थिए । उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाण्डु ल्याइएको छ । बेपत्ताको खोजि कार्य भइरहेको छ । संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७४ माघ २७ गते शनिवार