• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

अर्थमन्त्री हुँदा राेल्पामा ३ अर्ब दिएकाे हुँ, अहिले दाङबाट चुनाव जितेकाे छुः महरा


माघ २७, रोल्पा ।

नेकपा माओवादी केन्द्र का बरिष्ठ नेता कृष्णबहादुर महराले आफू अर्थमन्त्री हुँदा राेल्पामा करिव ३ अर्ब बजेट दिएकाे बताएका छन् ।

रोल्पाको धबाङमा उत्पादित धबाङ खोला लघु जलविद्युतको उद्घाटन कार्यक्रममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । महराले आफू दाङबाट निर्वाचित भएपनि रोल्पाको विकासका लागि सधै लाग्ने बताएका छन् । उनले अब रोल्पाको सम्बृद्धि र विकासका लागि फेरी एक पटक सबै अगाडि बढ्नु पर्ने  समेत बताएका हुन् ।

रोल्पाको नातालाई भावात्मकरुपमा अभिब्यक्ति दिर्दै उनले भने- “म रोल्पाली हुँ रोल्पामै राजनीतिक जीवन शुरुवात गर्दै लामो समय काम गरे, हाल केन्द्रीय भूमिका निर्वांह गरिरहेको छु, रोल्पा मेरो जन्म र कर्म थलो हो म दाङबाट विजयी भए पनि रोल्पाको विकासमा निरन्तर लागि रहेने छु ।”  रोल्पाको धबाङ युद्धकालमा सुरक्षित गाउँ भएकोले आफूले परिवारहरुसँग भेटघाट गर्ने गरेको स्मरण गर्दै उनले भने- “धबाङ सुरक्षित गाउँ भएकाले मैले परिवारसँग भेटघाट गरेको थिए, यसै गाउँमा २०४८ सालमा क. प्रचण्ड आएर यसै गाउँमा प्रशिक्षण दिनुभयो हामी आज यो स्तरमा आएका छौँ, यो गाउँबासीको युद्धमा महत्वपूर्ण योगदान रहेको छ हामी विकास गर्नमा हरदम तयार छौँ ।”

उहाले थपे- “रोल्पा जिल्लामा मेरा राजनीति विद्यार्थी वर्षमान पुनमगर, कुलप्रसाद केसी, दिपेन्द्र पुनमगर निर्वाचित हुनुभएको छ उहाँहरुलाई निरन्तर सहयोग गर्दछु । ”

फरक प्रसंगमा महराले फागुनको दोस्रो सातासम्म बाम एकताको सरकार बनि सक्ने बताउँदै अब देशमा स्थायी सरकार हुने भएकोले देश सम्बृद्ध बन्ने बताए । बाम पार्टीलाई सरकार मात्रै होइन पार्टी एकता गर भन्ने जनादेश दिएकोले बाम एकता अनिवार्य हुने उनले बताए ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका महराले विकासका लागि सबै एक धिक्का भएर अगाडि बढेमा मात्रै राज्यले गरेको लगानीले सार्थक पाउने र गाउँको विकास हुने भन्दै राजनीति, विचार लगायतमा अलग–अलग भएपनि विकासमा सबैलाई एक हुन अनुरोध गरे । अब राजनीतिक क्रान्तिको यात्रा केही हदलाई पुरा भएकोले अब आर्थिक क्रान्ति र सम्बृद्धको यात्रामा पुरै नेपाललाई अगाडि बढाउनु पर्ने भन्दै आफ्नो जिम्मेवारी देश विकासमा अघि बढाउने रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७४ माघ २७ गते शनिवार