• २०७८ बैशाख ८ गते बुधवार
  • Preeti To Unicode

नेपाल दलित मगर मुक्ति मोर्चा सल्यानको प्रथम भेला सम्पन्न


सरिता चलाउने
माघ २७, सल्यान ।
नेपाल दलित मगर मुक्ति मोर्चाको प्रथम भेला सल्यानको श्रीनगरमा आज सम्पन्न भएको छ ।

सल्यानको श्रीनगरमा भएको भेलामा नेत्र प्रकाश पुन मगरको संयोजकत्वमा २९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती निमार्ण गर्दै सम्पन्न भएको हो । भेलाले यहि मिती २०७४ साल फागुन २४ गते सल्यानको श्रीनगरमा सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।

नेपाल मगर मुक्ति मोर्चा सल्यानका संयोजक नेत्र प्रकाश पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला ईन्र्चाज नेब बहादुर कवर मगरको प्रमुख अतिथित्यता रहेको थियो । कार्यक्रमका बिशिष्ट अथिती संगठनका सद्स्य तुलसि राम घर्ति मगर जनकलेसबै मगरहरुको पहिचान लाई बचाउदै मगरहरु एक भएर जाने बताए ।

त्यसै गरी नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक निम बहादुर केसी अरुणले भेलाको सफलताको शुभकामना दिदै पाटीले मगरहरुकै पक्षमा आन्दोलन गरको बताए । साथै प्रथम भेलाले मगर समुदाय बाट निर्बाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रमको सन्चालन डिल्ली बहादुर बुढा मगरले गरेका थिए ।

प्रकाशित मिति : २०७४ माघ २७ गते शनिवार