सरिता चलाउने
माघ २७, सल्यान ।
आफ्नो ठाउँमा भैरहेका क्रियाकलाब लाई पारदर्शिता र जवाफदेहिता बनाउनको लागी रेडियो स्रोता समुह गठन गरिएको छ ।
पारस्परिक जवाफदेहिता परियोजनाको स्थानिय साझेदार संस्था हरप्लेस सल्यानको आयोजनामा कपुकोट गाउँपालीका वडा नम्बर ४ किमुचौरमा रेडियो श्रोता समुह गठन गरिएको हो । पारस्परिक जवाफदेहितामा जोडदिँदै स्थानिय तहमा सुशासन, विकास र पारदर्शिता कायम गर्र्ने उदेश्यले प्रसारण भईरहेको रेडियो कार्यक्रम साझाबोली सुन्दै र सुनेका कुरा समुहमा छलफल गरी समुदायमा चेतना छर्ने र सहकार्य गर्ने योजनाका साथ १८ सद्स्यीय रहेको रेडियो श्रोता समुह गठन भएको छ ।
स्थानीय तहहरुको काम, कर्तब्य, अधिकार स्थानीय तहमा हुने विकास निर्माणमा पारदर्शिता, सुशासन, जवाफदेहिता सम्बन्धी रेडियो कार्यक्रम साझाबोली सुन्दै समुदायमा छलफल गर्ने र ब्यवहारमा उतार्ने उदेश्यले किमुचौरका युवाहरु रेडियो श्रोता समुहमा आवद्ध भएका हुन् ।
रेडियो कार्यक्रम साझाबोलीले बिशेष गरी कृर्षि, शिक्षा, स्वास्थ्य बिपद व्यवस्थापन, सम्बन्धी बिषयमा कुरा उठाउने गरेको छ ।
कार्यक्रम सुनेर सुशासन र जवाफदेहिताको क्षेत्रलाई प्रभावकारी बनाउने उदेश्यका साथ श्रोता समुह गठन गरिएको हो । गठन गरिएको श्रोता समुहमा रेखा शाही अध्यक्ष रहेकी छन् । जसको उपाध्यक्षमा रमेश पान्डे, सचिवमा यमुना बस्नेत, सहसचिवमा पबित्रा पाण्डे, कोषाध्यक्षमा निर्मल पुन रहेका छन् भने अन्य सदस्यमा रहेका छन् ।
कार्यक्रममा बोल्दै श्रोता समुहका अध्यक्ष रेखा शाहीले आफुहरुलाई यस्तो अबसर अहिले सम्म नआएको र यो जिम्मेवारी लाई निर्बाह गर्न सक्ने बताइन् । उनले कार्यक्रम साझाबोली बारे आफुहरुले समुहमा छलफल गरेर समुदायमा लाई पनि यो बारेमा जानकारी गराउने बताइन् ।
कार्यक्रममा सामुदायिक सञ्चारकर्मी सरिता चलाउने र परियोजनाकी अनुसन्धानकर्मी शान्ति चन्दले सहजिकरण गर्नुभएको थियो । यूएसएआईडीको आर्थिक सहयोगमा एफएचआई थ्रि सिक्स जिरो र ईक्वेल एक्सेसद्वारा संचालित पारस्परिक जवाफदेहिता परियोजना कार्यक्रम विभिन्न जिल्लामा रहेका नागरिक समाजसंस्थाहरुसंगको सहकार्यमा सल्यान सहित देशभरका ३४ जिल्लाहरुमा सञ्चालनमा भईरहेको छ भने ३८ वटा एफएम रेडियो बाट प्रशारण भैरहेको छ ।